• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै

  • २०८१ मङ्सिर १४, शुक्रबार १४:३६

काठमाडौं । नेपाल भलिबल संघको आयोजना एवं सेन्ट्रल एशियन भलिबल संघको संयोजनमा पहिलो पटक काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ ।

शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २२ गते देखि २९ गतेसम्म काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेर नेपालबाट नै प्रथम पटक थालनी गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा इरानबाट चादौर मालो क्लव, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एचडीसी क्लव, नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरि पाँच टीमको सहभागिता रहनेछ ।भलिबल खेलको माध्यमबाट खेलको वृहत्तर विकास गर्नको लागि काभा पुरुष भलिवल क्लब च्याम्पियनसिप पनि नेपालबाट नै शुरुवात गर्ने जमर्को गरेको संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव एक करोड खर्च हुने संघको अनुमान रहेको छ ।

  • २०८१ मङ्सिर १४, शुक्रबार १४:३६