• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

बेइजिङमा प्रधानमन्त्री ओलीको स्वागतको दृश्य

काठमाडौं । सोमबार राति बेइजिङ उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।चार दिने चीन भ्रमणका क्रममा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

चारदिने औपचारिक भ्रमणका लागि सोमबार राति बेइजिङ पुगेका हुन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोमबारदेखि बिहीबारसम्म चीनको औपचारिक भ्रमणमा गएका हुन् ।ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा दुई पटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको सीसीटीभीप्लसले समाचार लेखेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणसँगै चीन नेपालसँग रणनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न र चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगतिका लागि प्रयास गर्न तयार रहेको उल्लेख गरेको छ । ओली बेइजिङमा ओर्लिदा चिनियाँ उच्च अधिकारीहरुले भब्य स्वागत गरेका थिए ।ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुका साथै नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।