• २०८३ साउन २५
  • 2026 August 10, Monday

एमएडब्लू वृद्धिले भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम

काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रा. लिले बुधबार भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ ।

एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ता लगायतले उक्त शोरुमको औपचारिक उद्घाटन गरेका हुन् ।यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको छ ।

भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्नेछ ।ग्राहकको आराम र सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको यो सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षण प्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहने छ ।कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान ११ वटा सोकोन गाडीहरू उनीहरुकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो ।भक्तपुर शोरुमको उद्घाटनले नेपालमा एमएडब्लु वृद्धिको उपस्थितिलाई बलियो बनाउँदै पहुँचयोग्य र नवीन अटोमोटिभ समाधानहरू उपलब्ध गराउने कम्पनीको समर्पणलाई पनि सुदृढ बनाएको छ ।