• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन्। सरकारले लामो समय संसद नबोलाएर विधाराधीन अवस्थामा रहेका विधेयककै अध्यादेश ल्याएपछि विपक्षी दलले त्यसको विरोध गरिरहेका छन् । यसबारे संसद् कसरी उपस्थित हुने भन्ने रणनीति बैठकले तय गर्ने छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधि सहभागी छन् ।आजै दिउँसो १ बजे माओवादी केन्द्रले संसदीय दलको बैठक पनि बोलाएको छ ।सत्ता साझेदार दलहरुले पनि यसअघि नै संयुक्तरुपमा बैठक बसेर एकजुट भएर संसदमा प्रस्तुत हुने र अध्यादेशको पक्षमा उभिने निर्णय गरेका छन् ।