• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सामाजिक सञ्जाल विधेयक फिर्ताको मागसहित जनकपुरधाममा पर्दशन

काठमाडौ। सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ताको मागसहित जनकपुरधाममा मओवादी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

आइतबार साझ जनकपुरधामको मुख्य प्रवेश द्वार रामानन्द चोकको बीचमै मसाल जलाएर सरकारविरुद्ध उनीहरुले प्रदर्शन गरेका छन् ।संसदमा दर्ता भएको उक्तविधेयक’ले नागरिकको वाक स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामा असर पार्ने भन्दै आफूहरु यो विधेयकको बिरोधमा आवाज उठाएको अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सदस्य श्याम साहले बताए ।

प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूले नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने उनले खतरा औंल्याए । ‘बोलेकै, लेखेकै वा अरू कसैको पोस्ट लाइक वा शेयर गरेकै भरमा कसैलाई थुन्ने वा कारबाही गर्ने कानुन ल्याउनु हुँदैन’ उनले भने ।प्रदर्शनका क्रममा विद्यार्थीहरुले विधेयकका विभिन्न प्रावधानमाथि आपत्ति जनाएका छन् ।सरकारले यो विधेयक पास गरे आफूहरु अदालतमा रिट हाल्ने र तत्पश्चात पनि नभए सदन घेराउ गर्ने प्रदर्शनकारी साहले चेतावनीसमेत दिए ।