• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सरकारले संसदमा दुई तिहाइको धाक देखायो : पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार मनपरी गर्न थालेको बताएका छन् । उनले सरकार पक्षले जति मन लाग्यो त्यतीबेला र जसरी चाहे त्यसरी नै पेलेर अघि बढ्न खोजेको आरोप लगाए ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको प्रमुख सचेतकले बोलेको कुरामा नियमापत्ति गर्दै उनले सरकारले दुई तिहाइको धाक दिएको आरोप लगाए । उनले भने, ‘सरकार पक्षको यो पेलाई कस्तो हो । सदन सञ्चालन प्रक्रियाको संसदीय नियमावली छ । सोही नियम अनुसार आकस्मिक सुन्ने र विशेष समय उपलब्ध गराउने जिम्मेवारी सभामुखज्यूको नै हो ।

तर सरकार पक्षले जतिबेला चाहे त्यतीबेला जसरी चाहे त्यसरी पेलान गर्न पाइन्छ । र यो प्रक्रियामा नियमापत्ति गर्दै गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो की भाषण सुनाउने हो ? विपक्षीहरुलाई सरकारले दुई तिहाईको धाक दिने काम गर्यो ।’यसको साथै, उनले नियमापत्तिको लागि दफा २६ हुँदाहुँदै दफा १२ बारे भाषण दिएको भन्दै यो प्रक्रिया सभामुखलाई सरकारले सिकाउने हो की सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।