• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

भ्रष्टाचार र वेथिती विरुद्ध मातृभूमि पार्टीले गर्यो संघर्षको घोषणा

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकाकार सम्मेलनको आयोजान गरी वर्तमान संसदिय व्यवस्थाबाट देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने भएकाले यसलाई फाल्नु पर्ने उदघोष गरेको छ ।सो पार्टीका अध्यक्ष रामशरण पाण्डेले देश एकपछि अर्को गर्दै असफलताको दिशामा अभिमुख हुँदै गएकाले त्यसलाई रोक्न आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताए ।

पार्टीका वरिष्ठ नेता केवी लिम्बुले संसदीय व्यवस्था फाल्नका लागि सम्पूर्ण देशभक्तहरु एक ठाउँमा आएर संघर्ष गर्नुपर्ने धारणा राखे । वरिष्ठ क्याप्टेनसमेत रहेका लिम्बुले पहिचानवादी, राजावादी, माओवादीदेखि हिन्दुवादीसम्म सबैले आ–आफ्ना एजेण्डा त्यागेर आन्दोलनमा जुट्नुपर्ने बताए । उनले थप भने,‘देशको प्रमुख दूष्मन संसदीय व्यवस्थालाई फालेर प्रत्यक्ष जन–निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्छ ।’पार्टीका उपाध्यक्ष तथा अर्थविद् टुलराज वस्यालले देशको अर्थतन्त्र खस्किएर देश असफलतातिर जानुमा संसदीय व्यवस्था जिम्मेवार भएकाले त्यसलाई फाल्नुपर्ने धारणा राखे ।

पार्टीका युवा नेता आर.के ढकालले दिनदिनै हजारौंको संख्यामा युवा पलायन रोक्न देशमा उनीहरुको भविष्य सुनिश्चितताको लागि आफ्नो पार्टी लड्ने प्रतिबद्धता जाहेर गरे ।सुशासन एवं नेपालवादका अभियन्ता तथा पार्टीका महासचिव गोविन्द गिरीले स्थापना दिवसको अवसरमा देश व्यापिरुपमा आन्दोलनको घोषणा गरेका हुन् । गिरीले भोलि २०८१ फागुन १० गते काठमाडौंको शान्तिवाटिकामा देशको कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध मातृभूमी जनजागरण तथा झाडुकुचो कार्यक्रम विहान ८ः३० बजेदेखि सुरुवात गरेर त्यसलाई देशैभरी बिस्तार गरिने घोषणा कार्यक्रम सार्बजनिक गरे ।

उनले २० गते माईतिघर मण्डला काठमाडौं, २१ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, २२ गते हेटौंडा बुद्धचोक, २३ गते पर्षा विरगञ्ज, २४ गते रौतहटको माधवपुर, २५ गते धनुषाको जनकपुर, चैत्र पहिलो साता सुदुरपश्चिम र चैत्र दोस्रो साता पूर्वको कोशीमा मातृभूमी जनजागरण तथा झाडुकुचो कार्यक्रम गर्ने सार्बजनिक गरे ।कार्यक्रममा पार्टीका सचिव तोप गुरुङले मन्तव्य, पार्टी केन्द्रीय नेतृ गंगाकुमारी थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई उप–महासचिव लक्ष्मिदत्त भट्टले सञ्चालन गरेका थिए ।