• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन भोलीदेखि जनकपुरधाममा हुने

काठमाडौ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन चैत ७ देखि ९ गते सम्म जनकपुरधाममा हुने भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवको प्रमुख आतिथ्यमा, नेपाल मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष ताहिर हुसेनको अध्यक्षतामा तथा चौथो महाधिवेशनको मुल तयारी समतिका संयोजक लालबाबु यादवको संयोजकत्वमा महाधिवेशन हुने मञ्चले जनाएको छ ।

महाधिवेशनमा देशै भरका निजामती कर्मचारी महाधिवेशनमा सहभागि हुने मञ्चले जनाएको छ । सम्पूर्ण केन्द्रीय, प्रादेशिक, विभागिय, जिल्लाका सदस्य तथा सुभेच्छुक सदस्यहरुलाई महाधिवेशनमा सहभागि भई महाधिवेशन भव्यता पूर्वक सफल बनाउन मञ्चले आह्वान समेत गरेको छ ।मधेशवादी दल संग सुभेच्छा राख्ने मधेशी निजामती कर्मचारीहरुको साझा संगठन नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सोहि महाधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गर्ने छ ।