• २०८३ कार्तिक २६
  • 2026 November 12, Thursday

संसद सचिवालय पुग्यो धवल शमशेर पक्राउ परेको सुचना, के हुन्छ सांसद पद

  • २०८१ चैत्र १६, शनिबार १४:२२

संसद् सचिवालयमा राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको सूचना पुगेको छ।
संसद् सचिवालयका अनुसार सांसद राणा पक्राउबारे सूचना प्राप्त भएको हो। शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन अराजक र हिंस्रक हुँदै विध्वंश मच्चाएपछि राणालाई प्रहरीले त्यही बेलुका पक्राउ गरेको हो।प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद् सचिवालयलाई दिएको हो।

सांसद पक्राउ परेको सूचना सभामुखलाई दिनुपर्ने संविधानको धारा १०३ को उपधारा ३ मा व्यवस्था छ।यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावलीअनुसार सभामुखले संसद्‌मा जानकारी दिनुपर्छ।संसद् बैठक नभएको अवस्थामा सांसद पक्राउ परेको सूचना संसद् सचिवालयले सूचनापाटीमा टाँस्नुपर्छ।

 

  • २०८१ चैत्र १६, शनिबार १४:२२