• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

इलाममा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • २०८१ चैत २८, बिहीबार ११:२९

काठमाडौँ। इलामको सदरमुकाम स्थित जिरो किलो भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

इलाम नगरपालिकाको जिरो किलोमा राति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको जानकारी इलामका एसपी एकनारायण कोइरालाले रातोपाटीलाई दिएका छन्। मृतक चालकको पहिचान भने अझै खुल्न सकेको छैन।एसपी कोइरालाले भने, “मृतकको पहिचान खुलाउनका लागि प्रयास गरिरहेका छौं।

” प्रारम्भिक अनुसन्धानमा, पार्किङ गरिएका ट्याक्टरलाई चोरी गरेर चलाउन खोज्दा दुर्घटना भएको आशंका गरिएको छ। यद्यपि, ट्याक्टरको मालिकसँगको बुझाइपछि मात्र यो विषयमा पुष्टि गर्न सकिने उनले बताए।“चोरी गरिएको कुरा यकिन भएको छैन, हामी ट्याक्टरको मालिकसँग कुरा गरेर यस विषयमा स्पष्टता ल्याउने प्रयास गर्दैछौं,” एसपी कोइरालाले भने।

  • २०८१ चैत २८, बिहीबार ११:२९