• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

हामी व्यर्थको वार्तामा सहभागी हुने छैनौं : अध्यक्ष

काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भनेका छन् कि आफूहरू कुनै काम नलाग्ने वार्तामा सहभागी हुने छैनन्। चैत २० गतेदेखि जारी आन्दोलनमा रहेका शिक्षकहरूलाई सरकारले बारम्बार वार्तामा आउन आह्वान गरेको छ।

आन्दोलनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष सुवेदीले स्पष्ट पारे कि आफूहरूले आफ्नो माग पूरा नभएसम्म कुनै आन्दोलनमा सहभागी हुने छैनन्। उनले थपे, “आज दिउँसो वार्तामा जानुअघि सरकारले पूरा गर्नुपर्ने न्यूनतम आधार बुझाउन जान लागेको छु।”

शिक्षा सचिव डाक्टर दीपक काफ्लेले हिजो बुधवार विद्यालय शिक्षा विधेयकको बारेमा छलफल गर्न आह्वान गरेका थिए। त्यसै आधारमा, महासङ्घको सहअध्यक्ष र आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीको नेतृत्वमा एक टोली सिंहदरबार जान लागेको अध्यक्ष सुवेदीले बताए।