• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सरकार परिवर्तनको चर्चा प्रचण्डको कुण्ठा र असन्तुष्टि को परिणाम : एमाले

काठमाडौं । नेकपा एमालेले हालको सरकार परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले सरकार परिवर्तनबारे भइरहेका चर्चा–हल्लामा कुनै सत्यता नरहेको निष्कर्ष निकालेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले परिवर्तन हुने भन्दै हल्ला फैलाइरहेको आरोप लगाए। ‘प्रचण्डजीमा सरकारबाहिर रहँदाको कुण्ठा र पीडाबोध झल्किन्छ,’ उनले भने, ‘न सरकार परिवर्तन सम्भव छ, न सान्दर्भिक, न नै आवश्यक।’

ज्ञवालीले सत्ता मोहका कारण प्रचण्ड यस्तो प्रचारमा लागेको टिप्पणी गरे। ‘राष्ट्रिय राजनीतिका अन्य मुद्दा छाडेर निरन्तर सत्ता परिवर्तनको कुरा गर्नु सत्ता प्रतिको आशक्ति मात्रै हो,’ उनले भने, ‘त्यसले जनता बीच भ्रम सिर्जना गर्न खोजिएको छ, जुन अस्वीकार्य छ।’