• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

हामी इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फर्काउँदै छौँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको ऐतिहासिक पोखरी इखा पुखुलाई लिच्छविकालीन अवस्थामा पुनःस्थापना गर्ने कार्य सुरु भएको बताएका छन्।

३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यस पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी रहेको शाहले जानकारी दिए। यसमध्ये ६ रोपनी क्षेत्र पानीको लागि छुट्टाइएको छ।

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिने र आकाशे पानी संकलन प्रणाली पनि राखिने बालेनले बताए। पोखरीको पुनर्निर्माणले जल व्यवस्थापन प्रणालीलाई पुनर्स्थापित गर्ने शाहको विश्वास छ। यो पोखरी काठमाडौँको उत्तरी सिरान क्षेत्रपाटीमा लिच्छविकालमा पानीको स्रोत व्यवस्थापनको लागि निर्माण गरिएको थियो।