• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको तरलता संकलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने तयारी गरेको छ। बढी तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत सो रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाका अनुसार, बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सकिनेछ, जसमा अन्तिम भाग निस्पत्तिगत हुनुपर्नेछ।बोलकबोल ब्याजदरको आधारमा हुनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

संकलित निक्षेपको साँवा तथा ब्याज आगामी वैशाख २८ गते भुक्तानी गरिनेछ।यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। साथै, खरिद गरिएको निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ।