• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

राजसंस्थामाथि बहस गर्नु लोकतान्त्रिक मूल्यविपरीत होइन : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा आवाज उठाउनु लोकतन्त्रको विरोध गर्नु नभएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले राजसंस्थाबारे बहस गर्नुलाई प्रजातन्त्रविरोधी भनेर गलत धारणा बनाइँदै आएको टिप्पणी गरे। “राजसंस्था र प्रजातन्त्र एक अर्काका विकल्प होइनन्,” उनले भने, “दुनियाँका थुप्रै समृद्ध राष्ट्रहरूमा राजसंस्था र लोकतन्त्र सँगसँगै चलेका छन्।

त्यसैले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रविरोधी हो भन्ने गलत भाष्य निर्माण नगरियोस्।”उनले लोकतन्त्रको रक्षा शब्दमा होइन, व्यवहारमा देखिनुपर्ने बताउँदै सरकारमाथि विपक्षीहरूप्रति निरंकूश प्रवृत्ति देखाएको आरोप समेत लगाए।