• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सांसद प्रेम आले फेरि भाइरल: अश्लील शब्द प्रयोग भयो कि तोडमोड गरियो?

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले आफूले प्रतिनिधि सभा बैठकमा राखेको विषय तोडमोड गरी समाचार आएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रमुख नियुक्तिमा पार्टीको दबाबको चर्चा गर्दै सांसद प्रेम आलेले रोष्ट्रममै दिएको अभिव्यक्ति अहिले निकै भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा उक्त भिडियोमा उनले ‘मुन्छे’ शब्द प्रयोग गरेको भए पनि त्यसलाई अश्लील शब्दका रूपमा सम्प्रेषण गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।

मंगलबार संसदमा बोल्दै आलेले, ‘मैले भनेको शब्द राम्ररी नसुनिकन अश्लील शब्दको रूपमा समाचार बनाइएको छ। २५०० वाटको स्पिकर राखेर सुन्न सुझाव दिन्छु।’ उनले भने, ‘पार्टीको दबाब झेल्न नसकी जुनियर मान्छेलाई डिजी बनाइएको भन्ने मेरो भनाइ तोडमोड गरिएको छ।’