• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

शिक्षक आन्दोलनको उद्देश्यबारे एमाले सांसदको प्रश्न- ‘सरकारविरुद्धको अभियान हो?’

काठमाडौँ ।नेकपा एमालेका सांसद ठाकुर गैरेले आन्दोलनरत शिक्षकहरूको प्रतिनिधित्व गरिरहेका महासंघका नेताहरूको भूमिकामाथि प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गैरेले शिक्षक महासंघका प्रतिनिधिहरू प्रधानमन्त्री र मन्त्रीहरूसँगको छलफलपछि सकारात्मक भावनाका साथ फर्किए पनि बाहिर आएपछि उनीहरूको व्यवहार फरक हुने गरेको बताए।

“शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित देखिन्छन्, तर बाहिर निस्कँदा अनुहार अमिलो बनाउँछन्,” गैरेले भने, “सत्तारुढ दलका नेतासँगको बैठकपछि पनि उनीहरू खुसी देखिन्छन्, तर बाहिर आएपछि समस्या जस्ताको तस्तै देखिन्छ।”उनले शिक्षक आन्दोलनलाई केही विपक्षी दलहरूले सरकारविरुद्धको हतियारका रूपमा प्रयोग गरिरहेको आरोप पनि लगाए।