• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

बारामा ट्याक्टरमा लुकाइएको २२५ किलो गाँजासहित चार तस्कर पक्राउ

बारा, आदर्श कोतवाल गाउँपालिका–३ बाट प्रहरीले २२५ किलो गाँजा लोड गरिएको ट्याक्टरसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चालक नन्दकिशोर मुखिया बिन, कमाण प्रजा, सिताराम प्रजा र नवराज मगर रहेका छन्। ट्याक्टरको ढालामुनि फल्स बटन बनाई गाँजा लुकाइएको गोप्य सूचनाका आधारमा, इन्स्पेक्टर कुसुम नायकको टोलीले चेकजाँच गर्दै १५ काटुनमा गाँजा बरामद गरेको हो।

सोधपुछका क्रममा अन्य तीन तस्कर रोज उड होटेल, कोल्हवीबाट पक्राउ परे।

बरामद गाँजा र ट्याक्टरसहित सबै अभियुक्त जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा छन्।

एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालित लागुऔषध नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको प्रहरीको भनाइ छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।