• २०८३ साउन २५
  • 2026 August 10, Monday

माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।

आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालन गरिएको हुलाकी राजमार्ग अभियानको समीक्षा गर्दै नयाँ अभियानको घोषणा गरेको हो।

बैठकले फागुन १२ गतेदेखि सुरु गरिएको हुलाकी राजमार्ग अभियानले राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकाल्दै, त्यसमा सहभागी सबैलाई धन्यवाद पनि दिएको छ।साथै, बैठकमा माओवादीप्रति बढ्दो जनविश्वास, नयाँ अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल गरिएको पार्टीले जनाएको छ।