• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

चटयाङ लागेर बाख्रा चराईरहेका एक बालकको मृत्यु

काठमाडौं । उदयपुरको कटारीमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ।

कटारी नगरपालिका–८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष नवीन तामाङले जानकारी दिएका छन्। सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए।

खोजीको क्रममा उनी जंगलमा अचेत अवस्थामा फेला परेका थिए। वडा अध्यक्ष तामाङका अनुसार चट्याङ लागेर बालक ढलेको अवस्थामा भेटिएको र घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।इलाका प्रहरी कार्यालय कटारीका प्रमुख, प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।