• २०८३ साउन २६
  • 2026 August 11, Tuesday
सुनचाँदी

१७०० रुपैयाँले बढ्यो सुन, अहिलेको कारोबार मूल्य कति?

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ।

यसअनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन (मंगलबार) तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारको जस्तै बुधबार पनि तोलामा १ हजार ९६५ रुपैयाँमै कायम रहेको महासंघले जनाएको छ।