• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि

काठमाडौं। कोशी प्रदेशको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए।

बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली सम्बन्धमा प्रदेश लोकसेवा आयोगसँग परामर्श लिने निर्णय पनि गरेको छ। त्यस्तै, कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका समेत बैठकले स्वीकृत गरेको छ।