• २०८३ साउन २८
  • 2026 August 13, Thursday

गाँजा जलाउँदा सारा सहर नै भयो झ्याप

टर्कीको लाइसे सहरमा प्रहरीले २० टनभन्दा बढी गाजा जलाउँदा सहरभरि नशालु धुवाँ फैलिएको छ।जसका कारण सारा सहर नै मातिएको छ ।

डियारबाकिर प्रान्तबाट २०२३–२४ मा बरामद गरिएको गाजाको मूल्य करिब १० अर्ब टर्किस लिरा (२६१ मिलियन अमेरिकी डलर) रहेको थियो। तर, यो गाजा सहरकै बीचमा ‘लाइस’ शब्द बनाएर जलाउँदा पाँच दिनसम्म सहरका बासिन्दाले झ्यालसमेत खोल्न सकेनन्।

त्यस क्षेत्रका स्थानीयहरुले टाउको दुख्ने, वाकवाकी लाग्ने, भ्रम देखिने समस्या अनुभव गरेका छन्। एक अभिभावकले भनेका छन्,सहरभरी गाँजा छँरिदा “बच्चा बिरामी हुँदा अस्पताल जान पनि गाह्रो भइरहेको छ ।”

संघका अध्यक्ष याह्या ओगरले यस्तो काम गर्दा विशेष कारखानामा, फिल्टर भएको चिम्नी प्रयोग गरी सुरक्षितरूपमा गर्नुपर्ने अथवा सहरभन्दा बाहिर गर्नुपर्ने सुझाव दिएका छन्।

अपराधविरुद्ध सन्देश दिन खोजिएको यो प्रयासले उल्टै सार्वजनिक स्वास्थ्य संकट बनिरहेको छ। र सारा सहर नै नसामा झुमेको छ ।