• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

मनिष झाकाे टिप्पणी: न्यायालयप्रतिको विश्वास कमजोर बन्दै गएको छ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालका गृहमन्त्रीले भाग खोजेको कुरा पूर्वप्रधानन्यायाधीशले नै सार्वजनिक गरेको दाबी गरे।

उनले भने– ‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअगाडि भन्नुभएको थियो नेपाली कांग्रेसको वर्तमान गृहमन्त्रीले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो व्यक्ति परेनन् भने मलाई गाह्रो हुन्छ, भन्न जानुभएको थियो।’

न्यायालयले राजनीतिक संरक्षण गरेकै कारणले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको उनले बताए ।