• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

गभर्नर सिफारिस समिति बैठक सुरू

काठमाडौं।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समिति बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ। मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बैठक सुरू भएको हो।

बैठकले गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ। स्रोतका अनुसार गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भइसकेको छ।

सिफारिस समितिमा संयोजक पौडेलसँगै पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।

नेपाल राष्ट्र बैंकमा चैत २४ गतेदेखि गभर्नरको पद रिक्त रहेको छ। हाल डेपुटी गभर्नर नीलम ढुंगानाले अर्थमन्त्री पौडेलको निर्णयअनुसार कार्यवाहक गभर्नरको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन्।