• २०८३ असोज १३
  • 2026 September 29, Tuesday
रवि लामिछाने

रवि लामिछाने पक्षबाट जवाफी बहस सुरु

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी प्रकरणमा पीडितको पक्षबाट सर्वोच्च अदालतमा बहस सम्पन्न भएको छ।

जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले बहस गरेका थिए। उनीहरूको बहस सकिएसँगै लामिछानेको पक्षबाट जवाफी बहस सुरु भएको हो।

सभापति लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफी बहस गरिरहेका छन्। सुनुवाइका क्रममा न्यायाधीश नहकुल सुवेदीले बहस छोट्याउन आग्रह गर्दै आजै आदेश दिने गरी सुनुवाइ टुंग्याउने संकेत दिएका छन्।