• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

लागुऔषधविरुद्ध कडा कदम चाल्न गृहमन्त्री लेखकको निर्देशन

  • २०८२ जेठ ९, शुक्रबार १३:२६

काठमाडौं।  गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या भयावह बन्दै गएको बताएका छन्। शुक्रबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यसको नियन्त्रण अत्यावश्यक भएको उल्लेख गरे।

उनले भने, “लागुऔषध दुव्र्यसन युवापुस्तामै सीमित नरही समाजभर फैलिएको छ, यो गम्भीर चुनौती हो।” उनले प्रदेशका सुरक्षा निकायहरूलाई लागुऔषध नियन्त्रणमा सक्रिय रुपमा खटिन निर्देशन दिएका छन्।

गोष्ठीमा गृहमन्त्री लेखकले देशमा सडक दुर्घटना र आत्महत्याको दर पनि चिन्ताजनक रहेको बताए। “प्रत्येक दिन करिब ७ जनाको सडक दुर्घटनामा र १७ जनाको आत्महत्याका कारण मृत्यु भइरहेको छ,” उनले बताए। त्यस्तै, साइबर अपराधसमेत डरलाग्दो रूपमा बढिरहेको भन्दै उनले यसतर्फ पनि सुरक्षा संयन्त्रको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा स्थायित्व र विकासको आधार भएको उल्लेख गर्दै भने, “शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै जाँदा मुलुकको समग्र विकास प्रक्रियामा अवरोध आउँछ।”

  • २०८२ जेठ ९, शुक्रबार १३:२६