• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं।  लुम्बिनी प्रदेशसभाको बैठक आज आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसअघि शनिबार बसेको प्रदेशसभा बैठकले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरिसकेको छ।