• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

आज बस्दैछ दुई संसदीय समितिको बैठक

काठमाडौं।  संघीय संसद् अन्तर्गत रहेका दुई प्रमुख संसदीय समितिहरूको बैठक आज (सोमबार) बस्दैछन्। बैठकहरू अर्थ समिति र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका हुन्।

अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि तय गरिएको छ। बैठकमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा सरोकारवाला निकायहरू र विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ।

त्यसअघि बिहान ११ बजे सिंहदरबारमा उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। उक्त बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिसँग छलफल हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।