• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

गृहमन्त्रीमाथि अनुसन्धान भए पद छाड्नुपर्छ, अहिलेसम्म उजुरी छैन : विश्वप्रकाश शर्मा

काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा उठेका विषयमा प्रधानमन्त्री स्वयं गम्भीर हुनुपर्ने बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतदेखि चल्दै आएको यो प्रकरणबारे गहिरो अनुसन्धान आवश्यक रहेको बताए।

“अनुसन्धान गर्दा जो–कोही भए पनि छानबिन हुनुपर्छ — कर्मचारी, मन्त्री वा नेता,” शर्माले भने, “अहिले गृहमन्त्रीको राजीनामा मागसँग विषय जोडिएको छ। यदि अनुसन्धान मन्त्रीसम्म पुग्छ भने उहाँले पद त्याग गर्नुपर्छ। तर हाल अख्तियारले अनुसन्धान गरिरहेको छ, मन्त्रालयमा आबद्ध केही कर्मचारीहरूमाथि छानबिन भइरहेको छ।”

महामन्त्री शर्माले तत्कालीन गृहमन्त्रीको सन्दर्भ जोडेर सदनमा आवेग देखिएको उल्लेख गर्दै अहिलेको गृहमन्त्रीमाथि भने कुनै औपचारिक उजुरी नपरेको दाबी गरे।