• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

कर्णाली प्रदेश मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौं।  । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए।

स्वीकृत नीति तथा कार्यक्रम प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रस्तुत गरिने छ। कार्यवाहक प्रदेश प्रमुख नजिर मिया प्रदेश प्रमुखको हैसियतमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि हाल अमेरिका रहेका छन्।