• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सिन्धुपाल्चोक प्रशासनको सूचना: भोटेकोशी र सुनकोशी नदी आसपास जोखिम हुनसक्छ, सतर्क रहनू

काठमाडाैं । सिन्धुपाल्चोक जिल्‍ला प्रशासन कार्यालयले नदी आसपास जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना जारी गर्दै भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो।

हाल चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको छ।

चिनियाँ अधिकारीहरूले पनि राति बढी वर्षा हुनसक्ने सूचना दिएको पनि प्रशासनले जनाएको छ।

त्यसैले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूमा सतर्क अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारीसाधन चलाउँदा समेत सतर्क अपनाउन अनुरोध गरिएको हो।