• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

महिमानसिंह विष्टको रिटमाथि न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ जारी

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई पुर्पक्षका लागि जेल चलान गर्न भन्दै अनधिकृत पत्र पठाएका विष्टले आफूमाथि दोहोरो कारबाही भएको भन्दै त्यसविरुद्ध रिट निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुईकेलका अनुसार विष्टले आफूमाथि सर्वोच्च अदालतले विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको र प्रहरीले समेत सरकारी छाप किर्तेमा फौजदारी मुद्दा चलाएका कारण एकै कसुरमा दुईतिर कारबाही गर्नु अन्यायपूर्ण भएको जिकिर रिट निवेदनमा गरेका छन् ।