• २०८३ साउन २८
  • 2026 August 13, Thursday

सडकमा उत्रिन तयार रहन वाइसिएललाई प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)लाई सरकारको सम्भावित प्रतिवादका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

ललितपुरमा आयोजित श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकार जनभावनाविपरीत गएमा र भ्रष्टाचारमा लिप्त भएमा सडक आन्दोलन अनिवार्य हुने चेतावनी दिए । ‘सावधानी गर्दा गर्दै सरकार भ्रष्टाचारमा लिप्त भयो भने सडकबाट प्रतिवाद गर्ने दिन आउँछ,’ उनले भने, ‘त्यसका लागि सबै तयार रहनुपर्छ ।’

प्रचण्डले वाइसिएलद्वारा सुरु गरिएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको ‘उत्पादन ब्रिगेड’ को निरन्तरता र राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिने अभियानको रूपमा उल्लेख गरे । उनले युवाहरुलाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका निर्वाह गर्न समेत आह्वान गरे ।