• २०८३ साउन २८
  • 2026 August 13, Thursday

ढाका विमान दुर्घटनाः २७ जनाको मृत्यु भएको पुष्टि

राजधानी ढाकाको उत्तरा क्षेत्रमा अवस्थित माइलस्टोन स्कुल एण्ड कलेजको क्याम्पसमा बंगलादेश वायुसेनाको युद्धविमान खस्दा हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्यसम्बन्धी विशेष सहायक प्राध्यापक डा। सायेदुर रहमानले आज (मंगलबार) बिहान राष्ट्रिय बर्न इन्स्टिच्युटमा आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन्।

उनका अनुसार मृतकमध्ये २५ जना बालबालिका, एक जना पाइलट र एक जना शिक्षक रहेका छन्।

यसबाहेक ७८ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

डा.रहमानले थप जानकारी दिँदै भने अहिलेसम्म ६ जनाको परिचय खुल्न सकेको छैन, भने २० जनाको शव पहिचानपछि परिवारजनलाई हस्तान्तरण गरिएको छ।

सरकारले पीडित परिवारलाई आवश्यक सहयोग र मृतप्रति श्रद्धाञ्जली अर्पण गर्दै उद्धार तथा उपचार कार्य जारी राखेको जनाएको छ।