• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

कुलिङ पिरियडमा षड्यन्त्र गर्ने नियत एमालेको रहेछः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ पिरियडका सन्दर्भमा षड्यन्त्र गर्ने दलको रूपमा नेकपा (एमाले) प्रस्ट भएको बताएका छन्।

शनिबार काठमाडौंको सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय सभामा संशोधन हाल्ने कुरा सबै सांसदहरू सहमत भए पनि अन्तिममा एमालेले त्यसको विरोध गरेपछि षड्यन्त्रको जड एमाले नै रहेको खुलासा भएको दाबी गरे।

‘पहिले दुई वर्षे कुलिङ अफ पिरियड राख्न सबैले भनेका थिए। तर अन्त्यमा एमालेले ुराख्न हुन्नु भन्यो,’ उनले उदाहरण दिँदै भने, ‘बिरालोले अन्त्यमा म्याऊ गरिहालेजस्तै एमालेले अन्त्यमा म्याऊ गर्‍यो। यसको अर्थ षड्यन्त्र गर्नेमध्ये मुख्य एमाले नै रहेछ।’

प्रचण्डले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसको जिम्मेवारी लिनुपर्ने बताए। ‘पहिले पनि शंकाको सुई प्रधानमन्त्रीतिरै थियो। अहिले त एमालेका सांसदहरूको गतिविधि र संशोधन नहालेको आधारमा यसको पुष्टि भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री ओली स्वयं छानबिनको दायरामा पर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौं।’