• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

समाजवादी मोर्चाको बैठक सुरु

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा सुरु भएको छ ।

समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफलका लागि बैठक बसेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय मोर्चाको गतिविधि निष्क्रिय रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर असन्तुष्टि पोखेका थिए । अहिले कार्यदलका सदस्यसहित बैठक बसिरहेको छ ।

मोर्चाले चैत १५ गते काठमाडौँमा विरोधसभा गरेपछि त्यसयता कुनै कार्यक्रम गरेको छैन । विप्लवले पटक पटक बैठक बस्न आग्रह गर्दा पनि प्रचण्ड र नेपालले कुनै चासो नदिएकोमा असन्तुष्ट देखिन्छन् । गत वर्ष साउन १ गते मोर्चा पुनर्गठन भएपछि मोर्चामा नेकपा, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी रहेका छन् ।