• २०८३ साउन २८
  • 2026 August 13, Thursday

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य काफ्ले एमालेमा प्रवेश

दाङ। नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्लेले पार्टी छोडेकी छिन् । उनी पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेकी छिन्।

दाङको लमहीमा आज (बुधबार) सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा काफ्लेलाई पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टी प्रवेश गराएकी हुन् । रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन् । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र इञ्चार्ज अर्यालको प्रमुख आतिथ्यमा सुरु भएको छ ।

बैठकमा मनोनीत सदस्यको सपथ, अन्तर पार्टी निर्देशन–१२ अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, बार्षिक कार्ययोजना २०८१ को समीक्षा, वार्षिक कार्ययोजना २०८२ प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीलगायत एजेण्डामा छलफल हुँदैछ ।