• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

डिजिटल युगसँग कदम मिलाउँदै ओली, एआई प्रयोगमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिको भरपुर प्रयोग गरिरहेको बताएका छन् । शुक्रबार आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आफूले एआई सजिलै प्रयोग गर्ने गरेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, “अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ। तर, हुर्कँदै गर्दा अरू कुरा पनि सिकाउनुपर्छ। म एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ।”

यस क्रममा उनले कलिला बालबालिकालाई मोबाइलबाट जोगाउनुपर्नेमा जोड दिए। उनका अनुसार अहिलेका बालबालिका मोबाइलमा गेम खेल्नेतर्फ मात्रै आकर्षित भइरहेका छन्, जसका कारण उनीहरूलाई थप सिर्जनात्मक काममा लगाउन आवश्यक छ।

“बालबालिकालाई मोबाइलबाट जोगाउने अवस्था आइसकेको छ। मोबाइल यस्तो भयो-जे खोजे पनि पाइन्छ,” प्रधानमन्त्री ओलीले भने, “त्यसैले यो आकर्षणको केन्द्र बनेको छ। यसमा केवल गेम मात्र होइन, अरू कुरा पनि छन्। सानो उमेरमै बच्चालाई यसबाट जोगाउनुपर्छ।”