• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

भारतीय विदेशसचिव विक्रम मिस्रीद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

भारतका विदेशसचिव विक्रम मिस्रीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि मिस्री आज काठमाडौं आएका हुन्।

भ्रमणको औपचारिक मिती तय नभइसकेको भएपनि यहि महिनाको अन्तिममा भ्रमण हुनेगरी व्यवस्था मिलाइएको छ ।