सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई विकासमा प्राथमिकता दिने बताएका छन् ।
रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्दै कर्णालीले रास्वपालाई मत नदिए पनि सरकारले कर्णालीको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले आफूहरु भोटको सौदा गर्न नआएको बताउँद गत निर्वाचनमा कर्णालीबाट आफ्नो पार्टीले सोचेजस्तो सफलता हासिल गर्न नसकेपनि सरकारले कर्णालीलाई विकासमा अगाडि ल्याउने बताए ।
राजनीति चुनावको लागि मात्रै गर्न नहुने भन्दै लामिछानेले चुनावमा कर्णालीले आफूहरुलाई मत नदिए पनि पछाडि परेको कर्णालीलाई अगाडी ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रशिक्षण चलिरहँदा आफू कर्णालीका गाउँमा बस्तिमा जनतासँग प्रत्यक्ष संवाद गर्ने र जनताका कुरा सुन्ने बताए । आफू जनताका कुरा सुन्दा रास्वपाका नेता कार्यकर्तालाई नलैजाने बताए ।