• २०८३ भदौ २०
  • 2026 September 05, Saturday

सडक आन्दोलनमा उत्रिए निजी विद्यालय सञ्चालकहरू

काठमाडौँ । सिंहदरवारमा शिक्षा विधेयक पारित गर्ने कार्यसूचीका साथ संसदीय दलको बैठक चलिरहँदा निजी विद्यालयका सञ्चालकहरू सडक आन्दोलनमा होमिएका छन् ।

प्याब्सन र एन प्याब्सनको संयुक्त आव्हानमा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै उनीहरूले आन्दोलन थालेका हुन् । माइतीघर मण्डलामा निजी विद्यालयका प्रिन्सिपलहरू व्यानरसहित भेला भएका छन् ।

नयाँबानेश्वर चोकसम्म न्याली निकाली पुन माइतीघर फर्किएर कोणसभा गर्ने उनीहरूको तयारी छ ।विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री नभएको उनीहरूको भनाइ छ ।

विधेयकबाट पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना(खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने लगायतका माग निजी विद्यालयको छ ।