• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

यसपालि पनि दसैंमा नयाँ नोट नआउने, सुकिला नोट भने साट्न सकिने

नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै यस वर्ष पनि नयाँ नोट वितरण नगर्ने स्पष्ट पारेको छ। यद्यपि, बैंकले सुकिला (अक्षय) नोट साट्ने व्यवस्था भने मिलाउने भएको छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनामा मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालयहरू तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट प्राप्त गर्न सकिने जानकारी दिएको छ।

राष्ट्र बैंकको भनाइअनुसार, भदौ २९ गतेदेखि असोज १० गतेसम्म कार्यालय समयभित्र सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको छ। यसपालि नयाँ नोट नआए पनि नागरिकले राम्रै अवस्थामा रहेका नोटहरू (सुकिला नोट) सहज रूपमा साट्न पाउनेछन्।