• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने जेन–जी नेपालको निर्णय

काठमाडौँ । वर्तमान राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई अघि सार्ने निर्णय गरेको छ।

संगठनले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिती नियन्त्रण र सुशासन स्थापना गर्ने आन्दोलन ऐतिहासिक सफलतामा पुग्न लागेको उल्लेख छ।

प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन), धरानका मेयर हर्क साम्पाङ र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नामसमेत उठाइए पनि न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ।

अन्ततः नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङ नै सबै पक्षबीच सहमतिको नेतृत्वकर्ता बन्ने निष्कर्षमा जेन–जी नेपाल पुगेको जनाएको छ। यो विज्ञप्ति जारी गर्ने जेन–जीकाे अर्काे संगठन हाे ।