• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

बिहारका उपमुख्यमन्त्रीको विवादास्पद बाेलीपछि भाजपाले भन्यो– नेपालबारे टिप्पणी नगर्नू

भारतीय जनता पार्टी (भाजपा)ले आफ्ना नेता तथा कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपालबारे कुनै टिका-टिप्पणी नगर्न निर्देशन दिएको छ।

यो निर्देशन बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले नेपाल भारतको हिस्सा भएको भए शान्ति र खुशी हुनेथियो भन्ने विवादास्पद बोली बोलेपछि आएको हो।

भाजपाले नेपाली जनस्तरमा भारतको सम्बन्ध बिग्रिने र भारत विरोधी भावना सिर्जना भएर थप क्षति पुग्न सक्ने आँकलन गरेर आफ्ना पार्टी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई यो आग्रह गरेको हो।

भारतीय सञ्चारमाध्यम द प्रिन्टका अनुसार भाजपाका एक नेताले कडाइकासाथ निर्देशन दिएको समाचार लेखेको छ।

नेताको भनाइ उदृत गरी द प्रिन्टले लेखेकाे छ, ‘हाम्रा कुनैपनि केन्द्रीय मन्त्री, सांसद्, नेता, पदाधिकारी, प्रवक्ता तथा कोही पनि कार्यकर्तालाई नेपालसँग जोडिएको पछिल्ला घटनाक्रममा टिप्पणी नगर्नका लागि शख्त आदेश दिएका छौँ। जसको पालना गर्न जरुरी छ।’