• २०८३ साउन २८
  • 2026 August 13, Thursday

काठमाडौँमा कसैलाई पनि र्‍याली, धर्ना र प्रदर्शनलाई अनुमति नदिइने

काठमाडौँ । काठमाडौँमा कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक सूचना प्रकाशित गर्दै पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउन सबैमा आग्रह समेत गरेका छन् ।

एमालेनिकट राष्ट्रिय युवा संघले शनिबार मोटरसाइकल र्‍याली गर्न लागेको छ । एमालेले शनिबार काठमाडौंको तीनकुनेबाट शक्ति प्रदर्शनसहित मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको थियो।