• २०८३ कार्तिक २५
  • 2026 November 11, Wednesday

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

  • २०८२ कार्तिक २, आईतवार १६:०१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ ।अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पताल बनेको हो ।

डब्लुएसओले अस्पतालको गुणस्तर, पूर्वाधार, चिकित्सकीय सेवा, उपचार प्रक्रिया, र नतिजाको कडा मूल्याङ्कनपछि गत अक्टोबर १७ मा यो मान्यता प्रदान गरेको हो ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा न्यूरोलोजिस्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा.राजु पौडेलले भने, ‘यो मान्यता हामीले नेपाली जनतालाई विश्वस्तरीय सेवा दिने हाम्रो अटुट प्रतिबद्धताको प्रमाण हो ।’
अस्पतालले यो उपलब्धिको लागि स्ट्रोक उपचारमा संलग्न विशेषज्ञहरुको बहु–आयामिक टोली निर्माण गरेको छ, जसमा न्यूरोलोजिस्ट, न्यूरोसर्जन, इन्टरभेन्सनल रेडियोलोजिस्ट, आपतकालीन चिकित्सक, आईसीयू नर्स, फिजियोथेरापिस्ट, स्पिच थेरापिस्ट लगायतका स्वास्थ्यकर्मीहरु समावेश छन् ।

साथै, उच्चस्तरिय न्यूरोइमेजिङ प्रविधि, थ्रोम्बोलाइटिक थेरापी र थ्रोम्बेक्टोमी जस्ता अत्याधुनिक विधिहरूको प्रयोग गरेर उपचारको गुणस्तरमा अभूतपूर्व सुधार ल्याइएको अस्पतालले जानकारी दिएको छ ।
ग्राण्डी अस्पतालको मूल्याङ्कन र प्रमाणिकरण प्रक्रिया डब्लुएसओकी महासचिव डा. डियेड्रे डी सिल्भा (सिंगापुर) तथा ग्लोबल सर्टिफिकेशन लिड रुपाल सेदानीको नेतृत्वमा सम्पन्न भएको थियो । प्रमाणपत्र डब्लुएसआ ेअध्यक्ष डा.जयराज डी पाण्डियन, निवर्तमान अध्यक्ष डा.शीला मार्टिन्स, र कोषाध्यक्ष डा.भ्यालेरिया कासोद्वारा प्रदान गरिएको थियो ।

 

 

  • २०८२ कार्तिक २, आईतवार १६:०१