• २०८३ साउन २८
  • 2026 August 13, Thursday

ओली-पोखरेल निकट नेताहरुको काठमाडौंमा दुई छुट्टाछुट्टै कार्यक्रम

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा भेला, छलफल र अन्तरसंवादका गतिविधि झनै सक्रिय भएका छन्।

आज काठमाडौंमा महाधिवेशन केन्द्रित दुई कार्यक्रम हुने तय भएको छ। प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा एमालेका सचिव लेखराज भट्टसँग महाधिवेशनका विषयमा संवाद हुने छ, जसको समय दिउँसो २ बजे तय गरिएको छ। भट्ट ओली निकट मानिन्छन्।

त्यसैगरी, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट नेतृहरूको अर्को अन्तरसंवाद कार्यक्रम होटल हार्दिकमा दिउँसो १ बजे सुरु हुनेछ। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ बिन्दा पाण्डे, रचना खड्का, उषा किरण तिम्सिना लगायतका नेतृहरूले महाधिवेशन र नेतृत्वसम्बन्धी विषयमा विचार–विमर्श गर्नेछन्।