• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

काँग्रेसले प्रकाशमानलाई दिएन टिकट, प्रबल थापा बने उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ-१ मा प्रवल थापालाई उम्मेदवार बनाएको छ।

कांग्रेस नेता प्रकाशमान सिंह चुनाव लड्दै आएको काठमाडौँ-१ मा सभापति गगन थापाले प्रवललाई टिकट दिएका हुन्। प्रवल काठमाडौँ-१ बाट कांग्रेसको महासमिति सदस्य छन्।

सभापति थापानिकट प्रवल सर्वोच्च अदालतबाट पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीका छोरी ज्वाइँ हुन्।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाका भान्जा पनि हुन्।