• २०८३ साउन २६
  • 2026 August 11, Tuesday
टी–२० विश्वकप

नेपालले दियो इटालीलाई १२४ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन जोड्न सके।

यस्तै, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।

समुह सी मा रहेका नेपाल र इटाली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । इटालीले भने स्कटल्यान्डसँग ७३ रनको हार व्यहोरेको थियो ।

यसअघिको खेलमा इंग्ल्यान्डसँग बलियो ब्याटिङ गर्दै १८४ रनको लक्ष्यमा १८० रन बनाएर ४ रनले स्तब्ध बनेको नेपालले इटालीसँग भने खराब ब्याटिङ गरेको छ ।